काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) रामेछापले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पत्रकारसमेत रहेका प्रतिनिधिसभाका उम्मेद्वार मोहन कार्कीको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
हंसिया र तारा चुनाव चिन्ह् लिएर निर्वाचनमा होमिएका कार्की सहितको टिमले ३१ बुँदे प्रतिबद्धता पत्र जारी गरेको हो । क्रान्ति बिना मुलुकमा परिवर्तन सम्भवन नभएको बताउदने सो पार्टीले बलियो इतिहास, काठमाडौं राजधानीबाट नजिकै रहेर पनि साक्षरता, चेतना, विकास, शिक्षा, स्वास्थ्यमा पछाडि परेको स्पष्ट पारेको छ ।
मालेले जारी गरेको घोषणा पत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा पर्यटकीय क्षेत्रभित्र पर्ने रामेछाप जिल्लाले यसको उपयोग गर्न नसकेको, जट्टपोखरी, पाँचपोखरी, भाले पोखरी, थोपुङ्ग गुम्बा, लिखुको सिरानमा रहेको उमाकुण्ड, दोरम्बामा लाग्ने शैलुङ्गेश्वरी १२ वर्षे मेला, सैलुङ पर्यटकीय क्षेत्र, सानो सैलुङमा रहेको गुफा, खाँडादेवी मन्दिर, तारा खस्यो पोखरी, बेथानमा रहेको सुनापति मन्दिर, प्रितीमा रहेको चण्डेश्वरी महादेव, यसै मन्दिरमा लाग्ने चण्डी पूजा देव देवलयहरुमा भक्तजनहरुको ठूलो आस्थाका साथै यस्ता मेला पर्वले पर्यटकीय विकासको प्रचुर सम्भावना रहे पनि यसको फाइदा लिन नसेकेको उल्लेख गरेका छन् ।


