काठमाडौं । मंगलबार साँझ अछाममा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा बाबला केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पपछि सुदूपश्चिममा लगातार भूकम्पका परकम्प गइरहेका छन् । एक हप्ताको अवधिमा ६०० बढी परकम्प गएको छ ।


