काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि लगातार उकालो लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार ५६.८८ अंकले बढेको छ ।
विहीबार जम्मा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो। आज सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बिमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बिमा ३४८, अन्य ४१ र व्यापार उपसमूह ४७ अंकले बढेको छ। २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ वटाको घटेको छ।


