काठमाडौं । चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुलको `स्पोर्ट्स मिट´ सुरु भएको छ । बुधवार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच खेलकुद कार्यक्रम उद्घाटन गरिएको हो। कार्यक्रमको सभापति स्कुलका प्रधानाध्यापक गेन्द्र लामाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मनास्लु वर्ल्ड स्कुलकी शशिकला खड्का, मनस्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ लगायतले शिक्षा प्रणालीमा खेलकुदको महत्त्वको चर्चा गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौँ महानगरपालिका वडा न. ७ का अध्यक्ष विमल कुमार होडाले खेलकुद सप्ताहको पूर्ण सफलताको कामना गरे। उनले व्यक्ति र सिङ्गो देशको प्रगतिका लागि खेलकुदको विकास हुनुपर्ने धारणा राखे । उनले मनास्लु वर्ल्ड स्कुलले राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिए ।
उद्घाटन कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले उपस्थित अतिथिलाई उपस्थितिका लागि धन्यवाद दिए । उनले स्थापनाकाल देखि नै मनास्लु वर्ल्ड स्कुलले आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र सर्वपक्षीय विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गरे। कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, वित्त प्रमुख कुमार मोक्तान, विभिन्न विद्यालयका प्रतिनिधिहरू सहित विद्यालयका शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


