काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैर कानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्ने माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’ मन्त्रालयका प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।


