काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
भारतीय विदेश सचिव क्वात्राले सोमबार अध्यक्ष निवास बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।
तीनदिने नेपाल भ्रमणमा रहेका क्वात्राले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरुसँग भेट गरिसकेका छन् ।


