काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । शर्मालाई मन्त्रिपरिषद्को गत फागुन १२ गतेबसेको बैठकले प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्त गरेको हो ।
शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको शर्माले बताएका छन् ।


