काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, घटाउने निर्णय गरेको हो ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ । ।


