काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका अञ्जन श्रेष्ठ सर्वसम्मतरुप चयन भएका छन्।
उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि सर्वसम्मतरुपमा महासंघको वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन्।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । त्यसमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशले ३१.५१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्। लागि दोस्रो चरणको मतदान हुने भनिएको थियो।
महासंघको वरिष्ठ उपाध्यक्ष हुन ५० प्रतिशतभन्दा बढी मत लिनुपर्ने हुन्छ। अन्तिम समयमा सहमतीको प्रयास समेत थालिएको थियो।


