काठमाडौं । आज माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम मिति रहेको छ ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर जारी गरेको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई छुटाईसकेको छ ।


