काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज भारतीय एकसय रुपैयाँको खरिद दर १६० र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ १९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ८५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ७६ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ५७ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९५ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ २० पैसा छ।


