काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपका लागि छनोट भएको छ।
यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०।२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरे। गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।
एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।


