काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० का दरले घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठापछि निगमले पनि घटाएको हो ।
भारतबाट पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५१ र डिजेलमा ८ रुपैयाँ ८ पैसाले मूल्य घटेर आएको भए पनि नेपाल आयाल निगमले भने डिजेल र मट्टितेलमा मूल्य घटायो तर पेट्रोलमा घटाएन ।
निगमले डिजेल र मट्टितेलमा घटाएको नयाँ मूल्यअनुसार प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूचीअनुसार डिजल र पेट्रोलको मूल्य समायोजन भएर आउने गर्छ ।


