काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार शुक्रबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
यसैगरी आज एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा रहेको छ भने १ युरोको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।
शुक्रबार अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ७६ पैसा र बिक्री दर ८६ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।


