काठमाडौं । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
रिट न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।
रिटमा यसअघि सुस्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेसी सार्न नमिल्ने गरी आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेल अदालत गएका हुन् ।