काठमाडौं । आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा नवौं नेपाल फर्मा एक्स्पो, २०२४ सञ्चालन हुने भएको छ ।
शुक्रबार नेपाल औषधि उत्पादक संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने बताए । नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ ।
यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ । कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए ।