काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि.र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण आजदेखि काठमाडौंको भृकृटीमण्डपमा सुरु भएको छ ।
प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्यातीप्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहेको छ । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आइरहेको छ ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने ब्यक्ति तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहेको छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेको छ ।


