काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि आजबाट मन्त्रालयगत छलफल सुरु हुँदैछ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे संसदको प्रतिनिधिसभा बैठक बोलाइएको छ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए।