काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा भाडा बढेको छ ।
गत चैत २४ गते श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ वर्षदेखि लागू हुने गरी नै भाडमा वृद्धि गरेको थियो । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले समायोजन भएको उक्त भाडादर आजदेखि लागू गरिएको बताए ।
समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।