काठमाडौं । इजरायलबाट थप १९ जना नेपाली नेपाल फर्किन लागेका छन् ।
सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।


