काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
एसको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्। सरकारले भोलि संसदमा विश्वासको मत लिने कार्यक्रम छ।


