काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि चार जना सर्टलिस्टमा परेका छन्।
सिफारिस समितिले डा.नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो।
सूचीमा पहिलो नम्बरमा परेका डा. नवराज अधिकारी बोर्डकै पूर्वकार्यकारी निर्देशक हुन्।
त्यसैगरी दोस्रो नम्बरमा विनयदेव आचार्य रहेका छन्। आचार्य बोर्डमै कार्यकारी निर्देशक रहेका छन्। तेस्रो नम्बरमा रहेका मुकुन्द कुमार क्षेत्री रहेका छन् ।
त्यसपछि चौथो नम्बरमा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्ट रहेका छन् ।


