काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमाकूने तय भएको हो ।
बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ ।
हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए ।
आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ ।


