काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता नवीकरण विधानअनुसार भइरहेको बताएका छन् ।
उनले आज बर्दिबासमा आयोजित मधेस प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले भने, “विधानअनुसार नै हामीले हरेक वर्ष क्रियाशील सदस्यता अद्यावधिक गराउने कार्यक्रम राखेका हौँ । यो विधान खास लेख्ने कमिटीको अध्यक्ष हुनुहुन्थ्यो कृष्ण सिटौला, त्यसपछिको अध्यक्ष हुनुहुन्थ्यो पूर्णबहादुर खड्का, उहाँहरूले लेख्नु भएको हो । यो विधान जस्ताको तस्तै छ ।”
विधानमा लेखिएको धारा निलम्बन हुने गरेकाले क्रियाशील सदस्यको रेकर्ड बलियो बनाउन चाहेको उनको भनाइ छ


