काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्रमा लिखित जवाफ पेश गर्न जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई आदेश दिएको हो।


