काठमाडौं । एनएमबि बैंकले मिति २०८० बैशाख २ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन
दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन
तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज
सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ
पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल,
काठमाडौंदेखि प्ले कार्डसहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको
प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर श्री चिरि बाबु महर्जन उपस्तिथ थिए ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाइ रु ४९०,००० को
सहयोगका साथैे पाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ ।


