काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीले चाहेमा अहिलेको गठबन्धनलाई केही दिनमा नै भत्काउन सक्ने दाबी गरेका छन् । उनले शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने ‘अहिले म तिथिमितितिर जान्नँ । मैले यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ । ’


