काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनबीच भएको सहमतिलाई इमानदारीताका पालना गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले बुधबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गदै पार्टी गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धन भित्र कुनै पनि संशय पैदा हुने काम नगर्न कार्यकर्तालाई आग्रह गरे ।
देउवाले भने, ‘बरु कांग्रेस धोका खान तयार छ, तर धोका दिँदैन, हाम्रो कर्तव्य पनि होइन । कांग्रेसको टाउकोमा धोकेबाज भन्ने बिल्ला नलागोस् ।’
कांग्रेस एक्लै चुनाव लड्ने तागत नभएकाले सत्तापक्षमान रहेका दलहरूसँग स्थानीय तहको चुनावमा तालमेल गरे जान परेको उनले प्रष्टीकरण समेत दिए ।उनले पाँच दलीय गठबन्धन मार्फत चुनाव जित्ने सबै भन्दा ठुलो मौका भएकाले मौका गुमाउन नहुनेमा जोड समेत दिए ।