काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावको भन्दा काम गर्न ध्यान दिनुपर्ने बताएका छन् । महामन्त्री शर्माले आइतबारप्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
सांसद समेत रहेका शर्माले आउँदो फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए ।