काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।
सूचना अनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।