नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ मा रा.प्र. पा. बाट वडा अध्यक्षका उम्मेदवार बनेका बिक्रम पाण्डेले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । स्थानीय स्तरमा समाजसेवीको रुपमा समेत परिचय बनाएका पाण्डेले राजनीतिलाई जनाताको सेवाको रुपमा लिएका छन् ।
पछिल्लो समय नेपालका राजनीतिक दलहरुले यसैलाई कमाइ खाने भाँडो बनाएकोले राजनीति दिन प्रतिदिन बिग्रँदै गएको उनले बताए । रा.प्र.पा देशप्रति इमान्दार र नैतिकता भएको पार्टी भएकोले आशन्न स्थानीय निर्वाचनमा आफ्नो दलले धेरै स्थानमा जित्ने दावी समेत उनले गरे ।
आमा नानीमैया पाण्डे र बुवा नानीकृष्ण पाण्डेबाट लिखु गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका पाण्डेले काठमाडौंको सिद्धिगणेश माध्यामिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन गरेका हुन् भने प्लस टु आशिर्वाद कलेज सामाखुशीबाट उत्तीर्ण गरेका छन् । अध्ययनमा अत्यन्तै अब्बल उनले मोर्गन अन्तरास्ट्रिय क्याम्पस बसुन्धारा क्यम्पसबाट प्रथम श्रेणीमा डिप्लोमा पास गरेका छन् भने काठमाडौंको शंकरदेव क्यम्पसबाट २ बर्ष अघिमात्र मास्टर डिग्री प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । उनले यसपालि नेपाल कानुन क्यम्पसबाट एलएलबीको परीक्षा दिएका छन् । सबैसँग सहजै घुलमिल हुने स्वभावका पाण्डे अत्यन्तै सरल ,निडर, हँसिलो,फरासिलो खुलेर बोल्ने स्वभावका छन् ।
अध्यक्षका प्रत्यासी पाण्डे आ. ब. ०७५–०७६ देखि निरन्तर लिखु ३ लगायत समग्र लिखु गाउँपालिकामा सामाजिक कार्य गरिरहेका छन् । उनले बिभिन्न राजनीतिक दल र तिनका गुट–उपगुटका स्वार्थका कारण लिखु गाउँपालिका नै बन्न नदिने भएपछि त्यसको ब्यापक बिरोध गर्दै लिखु आन्दोलनको नेतृत्वहरु मध्ये एउटा नेतृत्व गरेर लिखु गाउँपालिका ल्याउन अग्रपङ्क्तिमा रहेर भूमिका समेत निर्वाह गरेका थिए । आन्दोलनकै कारण यस गाउँपालिका बन्न सफल भएको उनले बताए । लिखु गाउँपालिकाको बिकास र संमृद्धिको लागि अहोरात्र खटेर काम गरिरहेका पाण्डे दुई गाउँपालिका (लिखु गा.पा. र ककनी गा. पा. दुई नगरपालिका (बेल्कोटगढी न. पा. बिदुर न .पा. जोड्ने कृषि सडक तथा बैकल्पिक मार्ग (Connectivity)को लागि जोड दिन्छन् र आफ्नो घोषणापत्रमा समेत यो एजेन्डा राखेर सार्वजनिक गरिसकेका छन् । आफै नेतृत्वमा नगएसम्म लिखु ३ को समग्र बिकास सहज हुने नदेखिरहेका पाण्डेलाई स्थानीय युवाहरुले लिखु ३ बाट नेतृत्व लिन ब्यापक दवाब दिनुका साथै लिखु ३ का समग्र दाजुभाइ तथा दिदीबहिनीको सुझाब तथा वृद्ध बा – आमाहरुको आशिर्वादलाई शिरोधार्य गर्दै लिखु ३ मा रा.प्र.पा. बाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले स्थानीय निर्वाचन २०७४ मा पनि स्वतन्त्रबाट गाउँपालिका उपाधक्ष्यमा उम्मेदवारी दिएर ८०० भन्दा बढी मत प्राप्त गरेका थिए । आफू विजयी भएमा यस वडालाई बिकासको मोडलको रुपमा लगेर नुवाकोट जिल्लाकै नमुना वडा बनाउने प्रतिवद्धता पनि ब्यक्त गरे ।
आफ्नो पढाइ बाहेक सम्पूर्ण समय आफ्नै वडा लिखु ३ (सूर्यमती) तथा समग्र लिखु गाउँपालिको वडा ३ को बिकासको लागि युवा जनजागरण अभियान का सयौं युवाहरुसँग हातमा हात र काँधमा काँध मिलाई समग्र लिखुको सेवामा समर्पित पाण्डेले (पुरै) लिखु गाउँपालिकाको भौगोलिक सामाजिक, धार्मिक, सांस्कृतिक राजनीतिक अवस्थालाई नजिकबाट बुझेका छन् भने लिखु ३ का अपाङ्ग, दलित, महिला, जनजाती लगायतको उत्थान नगरीकन लिखु ३ को समग्र बिकास सम्भव नहुने कुरा उनले आफ्नो घोषणापत्रमा सार्वजनिक गरेका छन ।
‘विकासको निम्ति युवा जनजागरण अभियान’ का सदस्य (शंकर घले ,माधव बोगटी, अच्युत पाण्डे, नबराज पाण्डे लागायत अभियानका युवाहरु लिखु गाउँपालिकाको होनहार शिक्षित, क्षमतावान तथा अत्यन्तै सरल बिक्रम पाण्डे लिखु गाउँपालिक वडा न ३ लाई मात्र नभई पुरै लिखु गाउँपालिका तथा समग्र नुवाकोट जिल्लालाई चाहिने ब्यक्ति भएको उहाँहरुको मत छ । । लिखु ३ केन्द्र काठमाडौंबाट ३२ किलोमिटर नजिक भए पनि बिकासको हिसाबले अति बिकट लिखु गाउँपालिकाकै कर्णाली उपनामले चिनिने ठाउँमा नेतृत्व लिन आउनु लिखु ३ र समग्र लिखुबासीहरुक्को लागि गौरबको कुा भएको स्थानीयवासीहरुको भनाइ छ ।
अध्ययनशील बिक्रम पाण्डे नुवाकोटको अत्यन्तै बिकट क्षेत्र लिखु ३ बाट उदाउँदै गरेको एउटा तारा हो । पढाईमा अब्बल तथा मिलनसार उनी रोजगारी र ब्यवसाय दुबै क्षेत्रमा अनगिन्ती अबसर हुँदाहुँदै पनि आफ्नो जीबनको उर्जाशील समय समाजमा समर्पित गर्न आफ्नो जन्मस्थान लिखु ३ आउनु आँफैमा गौरबपूर्ण भएको धेरैको भनाइ छ । आफ्नो अध्ययन लगनशीलता र नेपाली मात्रृभुमिप्रतीको गहिरो मायाले म आफ्नो जन्मभूमि फर्केको छु । समाज सेवाबाट प्राप्त हुने सन्तुष्टि भन्दा अरु ठुलो कमाइ केही होइन, भ्रष्टचार गर्नु आमाको रगत खानु हो भन्ने नारा उनको प्रमुख मान्यता छ ।
यस्तो छ वडालाई संमृद्ध बनाउने उनको भावी योजना
१. भ्रष्टचारमुक्त तथा सामाजिक भेदभावरहित वडा ३ (सूर्यमती) निर्माण गर्ने
२. यातायात : आगामी ३ बर्षभित्र लिखु वडा ३ को चक्रपथ ग्राभेल सम्पन्न गर्ने
“कटरबोट (चालिसे फाँट पुछार) मालकोट–सेपगाउँ –चौखुडा–ढिकुरे पुल–पट्टबारी – कट्टीछाप – बागे भञ्ज्याङ चक्रपथ ७ मिटरको सडक आगामी ३ बर्षभित्र, कल्भर्ट, स्ल्याब, पक्की साईड ड्रेन, ग्राभेल, र हेमपाइप सहित हिउँद बर्षा चल्नेगरी निर्माण सम्पन्न गर्ने
३ चक्रपथ पिचको लागि गुरु योजना
–आगामी चौथो र पाँचौ बर्षमा चक्रपथ पिचको लागि धेरै ठुलो बजेटको आवश्यकता पर्ने हुँदा सम्बन्धित माथिल्लो निकाय प्रदेश सरकार वा संघीय सरकारको बजेटमा पार्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरी सडक पिच सम्पन्न गर्नको लागि कुनै कसरत बाँकी नराख्ने
४ बागे भञ्ज्याङ –कटरबोट (चालिसे फाँट) सडक – कल्भर्ट, स्ल्याब, पक्की ड्रेन, ग्राभेल र हेमपाइपसहित हिउँद बर्षा नै सञ्चालन हुनेगरी सडक स्तरोन्नति गर्ने
५ बागे भञ्ज्याङ – पाण्डे गाउँ – भलाद्मी डाँडा – निर्वाचन केन्द्र सडक कल्भर्ट, स्ल्याब, पक्की ड्रेन, ग्राभेल र हेमपाइपसहित राखेर हिउँद बर्षा नै सञ्चालन हुनेगरी सडक स्तरोन्नति गर्ने
६. बैकल्पिक मार्ग : दुई गाउँपालिका र दुई नगरपालिका जोड्नको लागि स्टिमेट तयार गरी प्रदेश सरकार वा संघीय सरकारमा माग गर्ने
–लिखु गाउँपालिका ५ अमिली बोट, लिखु गाउपालिका ३ बागे भञ्ज्याङ , कटरबोट (चालिसे फाँट) – ककनी गाउपालिका ०७ (मुलबाटे चोक) – बेलकोटगढी नगरपलिका १३ कृषि सडक बासुकी फाँट, घोडघाट पक्की पुलबाट – बिदुर नगरपालिका जोड्नको लागि सम्बन्धित निकायसँग छलफल गरी स्टिमेट तयारी गरी प्रदेश सरकार र संघीय सरकारको बजेटमा पार्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरी गहन छलफल गरेर हरसम्भव प्रयास गर्ने
७. कटरबोट (चालिसे फाँट) लिखु गा. पा. ३ ककनी गा. पा. ०७ (मुलबाटो चोक) जोड्ने पक्की मोटरेबल पुल निर्माण गर्नको प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गर्ने
८. ढिकुरे पुल – वडा कार्यालय – निर्वाचन केन्द्रबाट बगरबारी सडक पक्की ड्रेन सहित सडकको स्तर उन्नती गर्ने
–वडा ३ का सबै कृषि सडक सरसफाई तथा स्तर उन्नती गर्ने
९. शिक्षा
–वडा न ३ का सबै विद्यालयमा इन्टरनेटको निःशुल्क ब्यबस्था वडामार्फत गर्ने
– यस सूर्यमतीमा रहेको एकमात्र स्कुल “नब प्रकाश माध्यामिक विद्यालय“ मा दक्ष शिक्षक राखी कक्षा १२ सम्म सञ्चालन गरी नमुना स्कुलको लागि पहल गर्ने
– लिखु ३ का सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय शिक्षा डिजिटल प्रणालीबाट सञ्चालन गर्न सम्बन्धित निकाय, सामाजिक ब्यक्तित्व तथा बिभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुसँग समन्वय गरी समयसापेक्ष शिक्षा प्रदान गर्ने
– ५ बर्षभन्दा मुनिका बालबालिकाहरुको लागि टाढाको स्कुलसम्म जान नसक्ने भएको हुँदा बालकोटा सन्चालन गर्ने
– आगामी ३ बर्षपछि वडाका सम्पूर्ण बालबालिकाहरु बस चढेर स्कुल जान सक्ने ब्यबस्था गर्ने (स्थानीय ब्यबसायीहरु, संघ, वडाले समन्वय गरी सहुलियत भाडा दरमा स्कुल बसको ब्यबस्था गर्ने
– आर्थिक रुपले बिपन्न, गरीब एबं जेहेन्दार दलित छात्र छात्रालाई वडाको तर्फबाट छात्रवृद्धि कार्यक्रमको ब्यबस्था गर्ने
१०. कृषि
– यस वडामा आलु जोन, धान जोन र तरकारी पकेट कार्यक्रम सञ्चालन गर्ने
–लिखु ३ को सबै कृषियोग्य भूमिमा वडाको प्राविधिक मार्फत सम्बन्धित ठाउँको निरीक्षण गरी पक्की बाँध र कुलो निर्माण गरी सबै कृषियोग्य भूमिमा आवश्यकता अनुसार । सिंचाइको ब्यबस्था गर्ने
– कृषिमा वैज्ञानिकीकरण
कृषि प्राविधिक मार्फत किसानको भूमिको माटो परीक्षण गरी कुन भूमिमा कुन खेती उपयुक्त हो ? जेटीए मार्फत पहिचान गरी, मल, बिउ विजन, किट नाशक औषधी सहुलियत दरमा ब्यबस्था गर्ने
– कृषिको लागि अति आवश्यक पम्प, टयाक्टर तथा अन्य औजारहरु निःशुल्क तथा अधिकतम अनुदानमा उपलब्ध गराउने
– ठाउँ – ठाउँमा तरकारी तथा कृषिबाट उत्पादित वस्तु संकलन केन्द्रको निर्माण गर्ने
– कृषि उत्पादित आलु लगायतको लागि हाम्रो प्रदेश १ ख को चिस्यान केन्द्रमा समन्वय गर्ने तथा सहुलियत दरमा व्यवस्था गर्ने
– उत्पादन बृद्धिको लागि बिबिध कार्यक्रम सञ्चालन गर्ने र उत्पादित कृषि उपजहरुको बजारीकरणको ब्यबस्था मिलाउने
– प्रकृया पुर्याएर सञ्चालनमा रहेका कृषि फर्म, पशु फर्म लगायतलाई फर्महरुलाई अनुदानको ब्यबस्था गर्ने
– कृषिमा तालिमको ब्यबस्था गर्ने
११. पशुपंक्षी पालनमा वैैज्ञानिकीकरण
– वडाले पशु प्राविधिकको ब्यबस्था गरी, कुन ठाउँमा कस्तो जातको पशुपंक्षी पाल्न उपयुक्त हो ? सो को पहिचान गरेर सोही अनुसार किसान तथा उद्यमीलाई प्रोत्साहित गर्ने
– वित्तीय संस्थाहरु : सहकारी तथा बैकहरुसँग वडाले समन्वय गरी किसान तथा उद्यमीलाई सहुलियत दरमा रिन उपलब्ध गराउन वडाले भूमिका निर्माण गर्ने
१२. वडाको सबै जनताको लागि गाँस, बास र कपासको ग्यारेन्टी गर्ने
१३ अब्यबस्थित बसोबास भएकाहरुको लागि ब्यबस्थित बसोबासको प्रबन्ध मिलाउने
– वडा ३ का भूमिहीन तथा अब्यबस्थित बसोबास भएकाहरुको लागि ब्यबस्थित बसोबासको लागि सम्बन्धित निकाय, भूमी आयोग तथा सम्बन्धित निकायसँग समन्वय गरी बेबस्थित गर्ने
– वडामा सम्पूर्ण घर घरमा इन्टरनेट सुबिधाको लागि –इन्टरनेट कम्पनी हरुसँग समन्वय गरी सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराउने
१४. सुशासन तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने
१५. महिला हिंसाको अन्त्य गर्ने
१६. एक घर एक रोजगारको ब्यबस्था गर्ने
१७. महिला सीप बिकासको लागि महिला जागरण कोषको स्थापना गर्ने
१८. लगानीमैत्री वातावरण श्रृजना गरी वडा ३ –लिखुमा बाह्य लगानी ल्याउन प्रोत्साहन गर्ने
१९. स्वास्थ्य
– स्वास्थ्य चौकी आफ्नै वडामा निर्माण गरी दक्ष प्राविधिक राखेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने
–आगामी ३ बर्षभित्र वडा मार्फत एम्बुलेन्स सञ्चालन गर्ने
– स्वास्थ्य सुधार कार्यक्रम : लिखु ३ का सम्पूर्ण जनताको लागि बिभिन्न सामाजिक सघ संगठनहरुसँग समन्वय गरी स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वस्थ जनशक्ति उत्पादनमा जोड दिने
– लिखु ३ का प्रत्येक जनताको स्वास्थ्य बिमा सम्बन्धित निकायसँग समन्वय गरी सहुलियत दरमा गर्ने
– स्वयंसेवकहरुको लागि भत्ताको ब्यबस्था गर्ने
– टोल –टोलमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने
२०. पर्यटन
– वडा नं ३ लिखु गाउँपालिकाको उत्कृष्ट पर्यटकीय क्षेत्र भएको सबैमा सर्वबिदितै छ, लिखु ३ को धार्मिक क्षेत्र निरन्जना भगवती, जालपा देवी, पञ्चकन्या देवी, चमेरे गुफा तथा एेितहासिक क्षेत्र नागीगढी लगायतमा वडाको पूर्व – पश्चिम – उत्तर दक्षिण – सबै क्षेत्र बाट पथमार्ग निर्माण गर्ने
–पर्यटन प्रवद्र्धनको लागि पत्रपत्रिका, न्यूज च्यानल तथा सामाजिक सञ्जाल मार्फत सुचना तथा विज्ञापन दिने र धेरैभन्दा धेरै पर्यटक ल्याएर लिखु ३ मा आर्थिक संमृद्धि ल्याउन योगदान गर्ने
२१. संचार
– लिखु वडा न ३ भौगोलिक हिसाबले लिखु गाउँपालिकाको कर्णाली भएकोले ल्ऋीी तथा ल्त्ऋ को नेटवर्क राम्रो नआउने भएकोले नेपाल टेलिकम तथा ल्ऋीी सँग समन्वय गरी नाघीगढीमा टेलीफोन टावरको व्यवस्था गर्ने
– लिखु वार्ड ३ मा आफ्नै FM सञ्चालन गर्ने
२२. बिद्युत
– हाल भएका काठको सबै पोललाई बिस्थापित गरेर फलामे पोलको ब्यवस्था गर्ने
– लिखु वडा न ३ को कतिपय भूभागमा कम क्षमताको ट्रान्सफर्मर र दुई फेजको मात्र लाईन हुँदा सानोतिनो उद्योग तथा धान कुट्न र मकै कोदो पिस्न समेत घण्टौं टाढा जानु पर्ने बाध्यता भएकोले – क्षमतायुक्त ट्रान्सस्फर्मर र थ्री फेजको लाइन आगामी २–३ बर्षभित्र सम्बन्धित निकायसँग समन्वय गरी सम्पन्न गर्ने
२३. सामाजिक कार्यक्रम
– बृद्ध भत्ता, अपाङ्ग भत्ता, एकल महिला भत्ता लगायत बिशेष गरी अपाङ्ग र बृद्ध बा – आमाहरु वडा कार्यालयसम्म आउन असमर्थत हुने हुँदा घर –घरमा वडाका प्रतिनिधी पुगेर सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्ने
– वडा कार्यालय आफ्नै भवनलाई ब्यबस्थित गरी सार्ने र वडाले गर्ने कार्यहरु डिजिटल माध्यमबाट पारदर्शी तरिकाले गर्ने
– बिभिन्न सामाजिक संघसंस्था क्लब –समुहहरु स्थापना गरेर सामाजिक कार्य गर्ने र सामाजिक कार्य गर्न प्रोत्साहित गर्ने
– धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने
– अपाङ्ग, दलित, महिला, असहाय, टुहुरा बालबालिकाको लागि आवश्यक योजनाको ब्यबस्था गर्ने र जिबिकोपार्जनको लागि सीपमुलक तालिमको ब्यवस्था गर्ने
२४. खानेपानी
– हामीले पिउँदै गरेको खाने पानी पिउन उपयुक्त छ कि छैन ? किटाणुरहित छ कि छैन ? वैज्ञानिक ढंगले ल्याब टेस्ट गरी (चेक गरी ) पिउनयोग्य पानी मात्र एक घर एक धारो हुने गरी बितरण गर्ने
– खानेपानीको अभाव क्षेत्र नागीगढीको जनताको लागि लिखु ३ निरन्जना भगवती मन्दिरसम्म आएको खानेपानीलाई बिस्तार गरी स्वस्थ खानेपानी बितरण गर्ने
– नागीगढीमा स्वस्थ खानेपानीको सार्वजनिक धारो निर्माण गर्ने र पथ प्रदर्शकलाई खाने पानी पिलाउने
२५. लिखु ३ का प्रत्येक जनताको स्वास्थ्य बिमा सहुलियत दरमा गर्ने
२६, महिला, अपाङ्ग, दलित, आदीवासी, जनजातीहरुको हकहितको लागि उत्थान गर्ने
२७. गाउँ फर्क अभियान सञ्चालन गर्ने
– आगामी ३ बर्षभित्र बिकासको पूर्वाधार एक लेभल सम्पन्न गरी –सदरमुकाम, केन्द्रमा बसाइ सरेका मजदुरी गरी बालबच्चाको उज्ज्वल भबिष्यको लागि दुःख गरी बस्नु भएकाहको लागि गाउँ फर्क अभियान चलाउने
– समग्रमा : लिखु ३ बाट रोजगारीको शिलशिलामा, व्यापार व्यवसाय, सामाजिक कार्यक्रम, प्रदेश तथा बिभिन्न शिलशिलामा सदरमुकाम, केन्द्र तथा देशका अन्य बिभिन्न भागमा बसोबास गर्नुभएकाहरुको लागि बिकासको पूर्वाधार सम्पन्न गरी आफ्नै जन्मभूमिमा – फर्की जीवनको अन्तिम श्वास फेर्न आफ्नै भमिूमा आउँआउँ लाग्ने बाताबरण बनाउने
– अभियान चलाउने, आफ्नै जन्मभूमिको काखमा बसी, आफ्नै भूमिमा पसिना सिञ्चित गरी उत्पादन गरेको उत्पादन आफ्नै आँगनबाट बेची, घरमै बसी –बसी आम्दानी गर्ने बातावरण बनाउने ।