काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन्।
‘प्रधानमन्त्री देउवाको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गृहमन्त्री खाँणले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। हालको मन्त्रिपरिषदमा देउवापछिको मर्यादाक्रममा गृहमन्त्री खाँण रहेका छन् ।