काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान ९ बजे गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी ती जिल्लामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


