काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले शनिबार बिहान सातै प्रदेशमा प्रभातफेरि गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ। काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो।
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिर मुख्य(मुख्य सहरहरु परिक्रमा गरेका थिए।