काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरमा नेकपा (माओवादी केन्द्र)का राजन पौडेलले अग्रता लिएका छन्।
उनले १ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले १ हजार ३५ मत ल्याएकी छन्।
यस्तै लोसपाका सञ्जयकुमार साहले ६ सय ४६ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले १ हजार ७ सय ५५ मत ल्याएकी छन्।