काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी भएका छन् । प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा एकीकृत समाजवादीका पदमनाथ नेपाल विजयी भएका हुन् । दुवैले १३–१३ मत ल्याए ।
स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर विजयी भएकी चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर सीता थापाले कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेपछि कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन बनेको हो । १२ स्थानीय तहमा पाँच प्रमुख र सात उपप्रमुख कांग्रेसले जितेको छ । यसअघि जिल्लाका केही पालिकाहरुमा नेपाली कांगेस र माओवादी केन्द्र तथा केहीमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । जिससको निर्वाचनमा भने एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो ।