काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपपूहरु निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताउँदै यसलाई रोकेर देखाउन पूराना दलहरूलाई चेतावनी समेत दिएका छन् ।
‘‘यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ,’ लामिछानेले भनेका छन्, ‘हामी मत परिणाम स्वीकार्छौं तर विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्दैनौं ।’


