काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक संजालमा फैलिएको छ । सर्वसाधारणले यसबारे व्यापक टिकाटिप्पणी गरिरहेका छन् । यसअघि दुईपटक मुलुकमा लकडाउन भैसकेको छ ।
नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नियन्त्रण तथा रोकथामको लागि सरकारले चुस्तरुपमा तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा। समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताए ।
सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ रु के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ रु भन्ने प्रश्नमा अधिकारीले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।
‘अहिले नै लकडाउन वा निषेधाज्ञाबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी र खोप नै पहिलो प्राथमिकता हो,’ अधिकारीले भने । आफू यतिबेला अस्पताल व्यवस्थापनमा जुटेको उनले बताए ।
सरकारले ओमिक्रोन संक्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ ।