काठमाडौं । तिहार सकिए लगत्तै तराई मधेसमा छठ पर्वको तयारी पनि सुरु भइसकेको छ।
तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजन सामाग्री, बासका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा पसलहरुमा ग्राहकहरुको भीडभाड बढेको छ।
दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका छैठा ९टोकरी०, नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भीडभाड देखिएको छ।