काठमाडौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलमा आज नेपाली र हङकङ टोलीबीच खेल हुँदैछ ।
खेल हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६।४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।


