काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आएको परिवर्तनलाई उल्टाउन कसरत भइरहेको बताएका छन् ।
पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगायत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् ।
“सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको, त्यसमा केहि पूरा नभएको र केहि पूरा हुन बाँकी छ । कामको स्वामित्व लिने भन्दापनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको छ,” उनले भने ।


