काठमाडौं । नाडाका पदाधिकारीले एशियाली विकास बैंकका पदाधिकारीसँग अटो बजारको सम्भाव्यताको विषयमा छलफल गरेका छन् ।
नाडाका अध्यक्ष करण चौधरीसहित बसेको सो छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरुका विषयमा छलफल भएको नाडाले जनाएको छ।
छलफलमा विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने समझदारी भएको छ। बैठकमा एडीबीको तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा, कृष्ण पाठकको उपस्थिति भएका थिए।


