काठमाडौं । मन्त्रीको नाम तय गर्न नेकपा (एकीकृत समाजवादी) ले आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो साँढे एक बजे पार्टी कार्यालय आलोकनगरमा अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ ।
स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ ।


