काठमाडौें । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेललाई पितृशोक परेको छ । उनका बुबा नर प्रसाद पौडेलको शुक्रबार बेलुका ८९ वर्षको उमेरमा बाह्रबिसे नगरपालिका वार्ड नम्बर ८ आफ्नै निवासमा निधन भएको हो ।
उनी केही समयदेखि बिरामी थिए । स्थानीय समाजसेवीका रुपमा समेत परिचित उनका एक श्रीमती, तीन छोरी र चार छोरामध्ये जेठो छोरो शम्भुप्रसाद पौडेल माओवादी जनयुद्धमा सहिद भएका थिए भने साँइलो छोरो सरल पौडेलले माओवादी सेनाको ब्रिगेड कमाण्डरबाट नेपाली सेनामा समायोजनमा नगएर पार्टी खुल्ला राजनीति रोजेका थिए । उनी वि.सं २०७० सालको दोस्रो संविधानसभा सदस्यका लागि माओवादी केन्द्रको सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारसमेत रहेका थिए ।
पार्टीको केही समयअघि भएको महाधिवेशनबाट सरल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए । स्वर्गीय पौडेलका माइला छोरा सीताराम पौडेल र कान्छा छोरा राजेन्द्र पौडेल पनि माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा छन् ।