काठमाडौं । एसीसी टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।
श्रीलंकाको कोलम्बोमा जारी खेलमा नेपालले अन्तिममा सम्हालिएर ३७ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको हो। सोमपाल कामीले अर्धसतक बनाएपछि नेपालले १ सयभन्दा धेरैको लक्ष्य दिन सक्यो। सोमपालले ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७५ रन बनाए।
नेपालले सुरुआती ५ ओभरमै ३ विकेट गुमाएको थियो। त्यसको केही समयमै थप दुई विकेट गुमाएको थियो। १० ओभर सकिँदा नेपालले ६ विकेट गुमाइसकेको थियो।
कोलम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।


