काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो । अब स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।
यस सिरिजमा नेपाल लगातार चौथो जितको खोजीमा रहेको छ ।


