काठमाडौं । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ ।
आइतबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले तयार पारेको प्रतिवेदन आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्दे यस्तो सुझाव गरेका हुन् ।
सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रबर्द्धन गरिनुपर्ने उनले बताए ।


