काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छिन् । राजदूत पोलिटले बिहीबार मन्त्रालय नै गएर साउदसँग भेट गरेकी हुन् ।
मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार भेटमा राजदूत पोलिटकोले साउदलाई जिम्मवारी सम्हालेको उपलक्ष्यमा बधाई दिएकी छन् ।
त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवं जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।


