काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा अझै गुटबन्दी र अन्तरविरोध विद्यमान रहेकोले त्यस्तो प्रवृत्तिलाई निमिटयान्न पार्नुपर्ने बताएका छन्
नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले देशमा अहिलेसम्म भएको ठूला परिवर्तनको वाहक भनेका माओवादी केन्द्र नै भए पनि पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा हराएको स्वीकारेका छन्।
‘आजको परिवर्तनको वाहक भनेको माओवादी नै हो‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘हामीले जति गर्नुपर्ने थियो गर्न सकेको छैन। हामी गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधमा हरायौँ।’
‘बाह्य क्षेत्रको पनि केन्द्रीय कमिटीमा आउनुपर्छ भन्ने मान्यता हो। मैले त्यो कुरा अस्तिको केन्द्रीय समितीको बैठकमा पनि राखेको हुँ। व्यवसायीहरुको पनि पार्टीमा स्थान हुनुपर्छ‚’ उनले भने‚ ‘हामी त्यसबारे गम्भीर छौँ। व्यवसायीहरुलाई पनि समेट्न सके पार्टीको आर्थिक नीतिमा परिवर्तन आउने थियो।’