काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने प्रतिनिधिसभा उपचुनावका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।
निर्वाचन आयोगका अनुसार तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज (चैत २० गते) उम्मेदवारी दर्ता गर्न लागिएको हो। आज उम्मेदवारी दर्तापछि भोलि (चैत २१ गते) उम्मेदवारविरुद्ध उजुरी दिने, चैत २२ गते प्राप्त उजुरीबारे छानबिन गर्ने र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।
यस्तै उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ। निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।


